पेन्सिल्भेनियाको ल्यानकास्टरमा रहेका नेपाली भाषीलाई सिटीको अपिल
पेन्सिल्भेनिया । अमेरिकाको ल्यानकास्टर सिटीले नागरिक सर्वे गर्ने भएको छ ।
ल्यानकास्टर सिटीको स्वास्थ्य सेवाका विषयमा यहाँ बस्ने नागरिकहरुलाई सर्वेमा भाग लिन अपिल पनि गरेको छ । ल्यानकास्टर हेल्दी नामक वेभसाइटमा गएर आफूले पाएको स्वास्थ्य सेवाको बारेमा फाराम भर्नु पर्ने जनाइएको छ ।
यसको मुख्य उद्देश्य भनेको समावेशी सामुदायिक संलग्नता सुनिश्चित गर्न र स्वास्थ्य सेवालाई सुदृढ पार्नु रहेको पनि जनाइएको छ । त्यसका लागि ल्यानकास्टरका २० वटा संस्थाहरुले काम गरिरहेका छन् ।
कोभिड १९ का कारण सामुदायिक स्वास्थ्यका क्षेत्रका बारेमा राम्रोसँग बुझ्न त्यसबाट भविष्यमा अपनाउनुपर्ने विषयमा सुझाव दिन सकिने छ । ल्यानकास्टर सिटीले यो सर्वेका लागि १० मिनेटको समय छुट्याउन आग्रह गर्दै सहभागि हुन आह्वान गरेको छ ।
ल्यानकास्टरमा नेपाली भाषीको पनि बाहुल्यता रहेकाले फाराम नेपालीमै भर्न सकिने व्यवस्था पनि मिलाएको छ । त्यसका लागि healthylancaster.orgमा साइनअप गर्नु पर्ने छ ।
तपाईंलाई स्वस्थ ल्याङ्कास्टर सिटी कस्तो हुनु पर्छ जस्तो लाग्छरु जस्ता प्रश्नको जवाफ दिनुपर्ने छ ।