वल्ड ह्याप्पिनेस रिपोर्ट २०२४ सार्वजनिक

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया/ अन्तर्राष्ट्रिय खुसी दिवसको अवसर पारेर ‘वर्ड ह्याप्पिनेस रिपोर्ट २०२४’ बुधवार सार्वजनिक गरिएको छ। मार्च २० तारिखलाई अन्तर्राष्ट्रिय खुसी दिवसको रूपमा मनाइँदै आएको छ।
सन् २०१२ देखि प्रकाशित हुँदै आएको रिपोर्टमा यस पटक पनि फिनल्यान्ड नै सबै भन्दा खुसी देशको सूचीमा पहिलो स्थानमा छ।
अक्सफोर्पोड युनिभर्सिटी, ग्यालप्पोल र संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कहरूको संयुक्त अध्ययनबाट रिपोर्ट प्रकाशित हुन्छ।
रिपोर्टमा विश्वमा खुसी देशको दोस्रो स्थानमा डेनमार्क रहेको छ। एक सय ४३ देश मध्ये नेपाल भने ९३ औ स्थानमा रहेको छ। विश्वको शक्तिशाली मुलुक अमेरिका २३ औ स्थानमा छ।
अफगानिस्तान एक सय ४३ स्थान सहित पुछारमा छ।
यो रिपोर्ट मूलतः ६ वटा सूचकाङ्कहरूको आधारमा तयार पारिएको जनाइएको छ।
जिडिपी प्रतिव्यक्ति, सामाजिक सहायता, स्वस्थ दीर्घ जीवन, स्वतन्त्रता, उदारता र भ्रष्ट्राचारको सूचकाङ्कका आधारमा विश्वकै सुखी देशको छनौट गरिएको छ।
रिपोर्टमा पुरानो पुस्ताको तुलनामा नयाँ पुस्ता कम खुसी रहेको देखाएको छ।
पुरा रिपोर्टका लागि यहाँ क्लिक गर्नु होला