२०२४ मा महिला नै अमेरिकाको राष्ट्रपति : हेली

काठमाडौं । अमेरिकाको रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर प्रचारप्रसार गरिरहेकी निक्की हेली मात्र बाँकी छन् । निक्की हेलीले अमेरिकामा सन् २०२४ को नोभेम्बरमा हुने आम निर्वाचनमा राष्ट्रपति पदमा महिलाले मात्रै जित्ने बताइन् । उनले म वा कमला ह्यारिस महिला राष्ट्रपति हुने बताइन् ।
हेलीले नेभाडामा भएको लज्जास्पद हारपछि पनि आफू राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहने बताएकी छन् । हेलीले यसअघि पनि दुईपटक डोनाल्ड ट्रम्पलाई भोट दिएको बताइन् ।
ट्रम्पको निन्दा गर्दै निक्की हेलीले सन् २०१८, २०२० मा हारे र त्यसपछि २०२२ मा पनि हार बेहोर्नुपर्ने बताइन् । उनीविरुद्ध धेरै अदालतमा मुद्दा चलिरहेका छन् ।
ट्रम्पमाथि कडा हमला गर्दै उनले भने कि हामीले उनको नेतृत्वमा मात्र हार्दै गयौं। ट्रम्पले बिहीबार नेभाडाको रिपब्लिकन राष्ट्रपतिको प्राइमरी जितेर पार्टीको राष्ट्रपतिको उम्मेदवार बनेका छन् । हेलीले ककसमा भाग लिइनन् र यसलाई ट्रम्पको पक्षमा अनुचित प्रक्रिया भनेका छन् ।