रास्वपाको कार्यवाहक सभापतिमा स्वर्णिम वाग्ले
काठमाडौँ / स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।
पार्टी सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भए पछि वाग्लेलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।
सभापति लामिछाने माघ १३ र १४ गते भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन भारत जाँदै छन् ।
शनिबार सभापति लामिछानेले वाग्लेलाई उक्त जिम्मेवारी दिएका हुन् ।















