अमेरिका : शिकागोमा गोली चल्दा ७ जनाको मृत्यु
|
ऑडियो
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया । अमेरिकाको शिकागोमा दुई छुट्टा छुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ ।
गोली जोलिएट, इलिनोइसको वेस्ट एकर्स रोडको २२०० ब्लकमा भएको थियो । घटनापछि अभियुक्त भने फरार रहेका छन् । उनको पहिचान रोमियो नान्सको रुपमा भएको छ ।
प्रहरी प्रमुख बिल इभान्सले दुई छुट्टाछुट्टै घरमा गोली चल्दा सात जनाको मृत्यु भएको छ । प्रहरी विभागले संदिग्धले रातो टोयोटा क्यामरी चलाएको र संदिग्धलाई खतरनाक व्यक्तिको रूपमा पहिचान गरेको बताए ।
प्रहरीले आरोपीको पहिचानका लागि स्थानीयको सहयोग मागेको छ । अमेरिकामा दिनहुँजसो गोलीकाण्डका घटना भइरहेका छन् ।
तथ्याङ्कअनुसार यो वर्षको पहिलो साता गोलीबारीमा ८७५ जनाको मृत्यु भएको छ ।















