भुटनीज कम्युनिटी ह्यारिसबर्गको बोर्ड बैठक: बिनिता पुरी राई उपाध्यक्षमा निर्वाचित

ह्यारिसबर्ग / तेक्वान्दोकर्मी बिनिता पुरी राई भुटनीज कम्युनिटी ह्यारिसबर्ग (बीसीएच) को उपाध्यक्षमा निर्वाचित भएकी छिन्।
बीसीएचको आइतबार बसेको बैठकले नव नियुक्ति बोर्ड सदस्य बिनितालाई उपाध्यक्षमा निर्वाचित गरेको हो।
बीसीएचका अध्यक्ष तिलक निरौलाका अनुसार बोर्डको कोषाध्यक्षमा लक्ष्मण भण्डारी निर्वाचित भएका छन्। यसै गरी कार्यकारी निर्देशक तेज मिश्र बोर्ड सचिवमा निर्वाचित भएका छन्।
बिनिता ह्यारिसबर्गमा सञ्चालित युनाइटेड एभरेष्ट तेक्वान्दोकी मालिक/सीईओ तथा प्रमुख प्रशिक्षक हुन्।
बिनिताको ‘आट’: अमेरिकामा खोलिन तेक्वान्दो स्कुल
अध्यक्ष निरौलाका अनुसार बोर्ड बैठकले सन् २०२३ भएका कामको पनि अनुमोदन गरेको छ। सुरुमा गत वर्ष भएका कामको बारेमा बोर्डलाई जानकारी गराइएको थियो ।
बोर्ड बैठकमा वर्षमा भरीमा गरिएका कुल १५ कार्यक्रमको विवरण प्रस्तुत गरिएको थियो। यसै गरी सन् २०२४ साल भित्र गरिने कार्यक्रमको पनि बोर्डले अनुमोदन गरेको छ।
‘यो वर्ष हामी केही विशेष कार्यक्रमको घोषणा गर्दै छौ त्यही कार्यक्रमलाई बोर्डबाट अनुमोदन गराएका हौ।’ अध्यक्ष निरौलाले समाज टाइम्स सँग भने।
‘हामीले मोटामोटी कार्यक्रमको खाता तयार पारेका छौ, स्थानीय सरकार र राजनैतिक दलबाट पनि हामीलाई सकारात्मक सन्देश नै आएको छ, अबको केही दिनमा हामी औपचारिक रूपमा सो कार्यक्रम घोषणा गर्छौ।’ आफ्नो कार्यकालको पहिलो वर्ष निकै व्यस्त रूपमा बिताएका निरौलाले भने।
निरौलाले सन् २०२२ को डिसेम्बरमा अध्यक्षमा निर्वाचित निरौलाले २०२३ को जनवरी देखि कार्यकाल सम्हालेका हुन्। बीसीएच सन् २०११ मा स्थापना भएको हो।
बीसीएच बोर्ड बैठकमा प्रस्तुत सन् २०२३ का कार्यसूची
१. सहयोगी निर्देशकको नियुक्ति ।
२. युवा वयस्कमा पदार्थ दुरुपयोगमा अनुसन्धान अध्ययन।
३. तेज मिश्रलाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त ।
४. पाँच कर्मचारी, २ प्रशिक्षार्थी र स्वयंसेवकहरू काम पाए।
५. तीन वटै नगरपालिकामा प्रहरी विभागसँग सहकार्य। डाउफिन र कम्बरल्याण्ड काउन्टीहरूमा जिल्ला अधिवक्ता, काउन्टीहरूमा प्रोबेशन निर्देशकहरू, टाउनशिप, काउन्टी, र राज्यमा राजनीतिज्ञहरू छलफल ।
६. अमेरिकी सिनेटर बब क्यासीको कार्यालय, कांग्रेस सदस्य स्कट पेरीको कार्यालय, राज्य सिनेटर जोन डेसान्टो, राज्यका सांसदहरू, डेभिड म्याडसन, जस्टिन फ्लेमिङ, प्याट्टी किम, ह्यारिसबर्गका मेयर वाइल्डासँग भेटघाट र पेन्सिल्भेनियामा हाम्रो उपस्थितिको बारेमा अववगत ।
७. ओएचआरसीमा आस्थामा आधारित नेताहरू, श्रीवैष्णव मन्दिरहरू, दुवै समूहका किरात नेताहरू, ईसाई नेताहरू, मानव धर्म शेवा समाज नेतृत्व, बौद्ध नेताहरू, गुरुङ समाज, मगर समाज, आदिका नेताहरूसँग भेटघाट। सम्वन्ध सुमधुर राख्न सफल ।
८. खेलकुदकर्मी , टोलीका कप्तान र टिम प्रबन्धकहरूसँग खेलकुदको विकासका बारेमा छलफल । ह्यारिसबर्गमा अन्तरराज्यीय क्रिकेट, भेट्रान्स कप फुटबल, र पहिलो रिलेभेन्ट कप भलिबल प्रतियोगिता सञ्चालन गर्न उनीहरूसँग सहकार्य गरिएको ।
९. लीग अफ वुमन भोटर्स पेन्सिलभेनियासँग साझेदारी गरी डेरी स्ट्रिटमा मतदाता दर्ता अभियानको आयोजना गरिएको ।
१०. युवाहरु सँग जाडो चिया दिवसमा सहभागि । ४० जना युवाहरुको सहभागिता रहेको थियो ।
११. पेन्सिल्भेनियाको राष्ट्रमंडलमा अक्टोबरलाई हिन्दू सम्पदा महिनाको रूपमा घोषणा गर्न पेन्सल्भेनियाको गभर्नरको कार्यालयसँग वकालत र लबिङ गरियो । गभर्नरका प्रतिनिधिलाई ओएचआरसी मन्दिरमा घोषणापत्र पढाउनको लागि हामीले मन्दिर व्यवस्थापन समिति र ग्लोबल भुटानी हिन्दू संगठनहरूसँग काम गर्यौं।
१२. डाउफिन काउन्टी आयुक्तहरूसँग लबिङ गरी काउन्टीबाट २५ हजार अमेरिकी डलर अनुदान प्राप्त गरियो।
१३. एक समुदाय सदस्यलाई उनको शिक्षाको लागि दश हजार डलरको छात्रवृत्ति सहायता प्रदान गरियो।
१४. लिङ्गल पार्कमा पहिलो क्रिकेट पिच निर्माण गर्न ८ क्रिकेट कप्तान र टाउनशिपका निर्वाचित अधिकारीहरूसँग नजिकबाट काम गरियो।
१५. पेन स्टेट स्वास्थ्य सँग समन्वयमा स्वास्थ्य मेला आयोजना गरियो।