एनआरएनए वद्री समूहले सडक बालबालिका मुक्त बनाउने सरकारी अभियानलाई सघाउने

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएको डा. वद्री केसी समूहको ३ दिने कार्यशाला गोष्ठी चन्द्रागिरि हिलमा जारी छ ।
संघको आगामी २ वर्षको कार्ययोजना बनाउने उद्देश्यले शनिबारदेखि सुरु भएको गोष्ठीमा विभिन्न विषयमा छलफल भइरहेको प्रवक्ता फणिन्द्र पन्तले जानकारी दिए ।
प्रवक्ता पन्तका अनुसार सन् २०५० सम्म नेपाललाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सहयोग गर्ने निर्णय हुने छ । यसैगरी अहिले ५० जना बालबालिकालाई उद्दार गर्ने योजना रहेको र यसलाई क्रमश बढाउँदै लैजाने पनि उनले बताए ।
एक आइसीसी सदस्यले अनिवार्यरुपमा एक जना सडक बालबालिकाको सम्पूर्ण जिम्मा लिने गरी चन्द्रगिरी घोषणा पत्रमै उल्लेख हुने पनि बताए ।

