विवेक रामास्वामीले चुनाव नलड्ने
पेन्सिल्भेनिया । अमेरिकामा आगामी राष्ट्रपति निर्वाचनको तयारी सुरु भएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राज्य आयोवा ककस जितेका छन् । रिपब्लिकन पार्टीको उम्मेदवार छनोट गर्ने प्रक्रिया सुरु गर्ने आयोवा ककसको मतदानमा ट्रम्प अगाडि छन् ।
भारतीय मूलका ३८ वर्षीय रिपब्लिकन नेता रामास्वामीले राष्ट्रपतिको चुनावी दौडबाट आफूलाई बाहिर निकालेका छन् ।
आयोवा ककसको जित र रिपब्लिकन पार्टीमा डोनाल्ड ट्रम्पको बढ्दो वर्चस्वका कारण उनले राष्ट्रपतिको दौडबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।
अर्बपति पूर्व बायोटेक कार्यकारी विवेक रामास्वामीले राष्ट्रपतिको लागि डोनाल्ड ट्रम्पलाई समर्थन गरेका छन् ।
आयोवा ककसमा दोस्रो स्थानका लागि फ्लोरिडाका गभर्नर आर डिसेन्टिस र पार्टीको उम्मेदवार बन्ने एकमात्र महिला निक्की हेलीबीच प्रतिस्पर्धा भइरहेको छ । डिसेन्टिस र हेली पूर्व राष्ट्रपतिको शीर्ष विकल्प बन्ने दाउमा छन् ।














