जय नेपाल फाउन्डेसन अस्ट्रेलिया च्याप्टरको पूर्णता
अस्ट्रेलिया/ जय नेपाल फाउन्डेसन अस्ट्रेलिया च्याप्टरले पूर्णता पाएको छ। फाउन्डेसनको आइतबार बैठकले च्याप्टरलाई पूर्णता दिएको हो ।
च्याप्टर अध्यक्षमा डा. डिल्ली बन्जाडे रहेका छन्। यस्तै कार्यकारी सचिवको जिम्मेवारीमा अभिमन्यु केसी रहेका छन्।
च्याप्टर कमिटीको बोर्ड सदस्यहरूमा डा. राजु अधिकारी, डिल्ली ढकाल, महेन्द्र लम्साल, डा. महेश भण्डारी, डा देवराज पौडेल, कञ्चन पोखरेल, पुरुषोत्तम मिश्र, सोमप्रसाद गुरुङ, जानकी रिमाल पौडेल र रमेश जोशीलाई पूर्णता दिइएको हो ।
बैठकमा जय नेपाल फाउन्डेसन अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष डा. यादव पण्डितले भावना मिल्ने साथीहरू बिचको नेटवर्किङमार्फत आफू रहेको समाज र नेपालमा समेत टेवा पुर्याउने उद्देश्य साथ संस्था स्थापना गरिएको बताए।
अस्ट्रेलिया च्याप्टर अध्यक्ष डा. डिल्ली बन्जाडेले कार्यसमिति बैठक बसी च्याप्टरले आफैँ गर्न सक्ने, अन्तर्राष्ट्रिय समितिसँग मिलेर गर्ने तथा नेपालमा गर्न सकिने कार्यक्रमको पहिचान गरी गर्नुपर्ने बताए।
सो बैठकमा नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्याल तथा अस्ट्रेलिया च्याप्टरका पदाधिकारीहरूले आफ्नो धारणा राखेका थिए।














