पपुवा न्युगिनीमा सङ्कटकाल घोषणा

काठमाडौँ । अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा सङ्कटकाल घोषणा गरेका छन् । दङ्गा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले सङ्कटकाल घोषणा गरेका हुन् ।
यससँगै उनले सरकारी कर्मचारी र प्रहरीलाई निलम्बन गरेका छन् । तलब विवादलाई लिएर सुरु भएको दङ्गाले राजधानी पोर्ट मोरेस्बी र देशको उत्तरमा लाइमा ठुलो क्षति पुर्याएको छ ।
मारापेले शान्तिका लागि जनतालाई अपिल गर्दै सरकारले दङ्गाको कारणबारे समीक्षा गरिरहेको बताए । शान्ति सुरक्षा कायम गर्न थप प्रहरी परिचालन गरिएको छ । देशका प्रहरी प्रमुखका साथै अर्थ र कोष विभागका वरिष्ठ अधिकारीलाई निलम्बन गरिएको छ । उनले तलब कटौतीमा प्रशासनिक अनियमितता भएको आरोप लगाए ।
बुधवार राजधानी पोर्ट मोरेस्बीमा सयौँ पुलिस अधिकारी, सिपाही, जेल कर्मचारी र निजामती कर्मचारीहरूले तलब कटौतीलाई लिएर आफ्नो जागिर छोडेपछि ठुलो विरोध प्रदर्शन भएको थियो । यस अवधिमा देशमा अराजकता फैलियो र दङ्गा मच्चिँदा १६ जनाको मृत्यु भएको थियो ।
राजधानी पोर्ट मोरेस्बीमा भएको दङ्गाका धेरै भिडियोहरू बाहिर आएका छन्। यसले राजधानी पोर्ट मोरेस्बीको सडकमा हजारौँ मानिसहरू देखाउँछन् । तीमध्ये धेरैले लुटिएका सामान बोकेर बसेका छन् । साथै, सहरमा कालो धुवाँ देखिन्छ । सुन र तामा खानी देशको उत्तरी भागमा पर्ने पोर्ट मोरेस्बीमा भएको दङ्गामा नौ जना र लाईमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।