बूढानीकण्ठबाट लामो समयदेखि फरार रामबहादुर बम्जन पक्राउ
काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
बम्जनको आश्रमबाट आनीसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।
तपस्वीको भेषमा अनुयायीको हत्या, बेपत्ता तथा आफ्नै आश्रमकी आनीमाथि बलात्कारजस्ता गम्भीर अभियोगमा प्रहरीले उनलाई खोजी रहेको थियो । उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।
बाराको हलखोरिया जंगलमा लामो समयसम्म तपस्या गरेर चर्चा कमाएका बमजनविरुद्ध २३ फागुन ०७६ मा जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि प्रहरीले तीनपटकसम्म उनी बस्दै आएको भनिएको सिन्धुलीस्थित आश्रममा छापा हाने पनि उनी फेला परेका थिएनन् ।