सन्दीपको सुनुवाई निरन्तर
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बिरुद्धको मुद्दा बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।
गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।
आज बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
अधिवक्ता मुरारी सापकोटाले बहस गरिरहेका बेला बुधबारको समय सकिएको थियो।
अब बिहीबार सन्दीपका कानुन व्यवशायीले बहस गर्नेछन्।
प्रतिवादीका कानुन व्यवशायीको बहस सकिएपछि जाहेरवालातर्फबाट फेरि जवाफि बहस हुने छ।
सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफि बहसपछि इजलासले निर्णय सुनाउने छ ।















