कार्यक्षमता कमजोर भएका राजदूतहरुलाई फिर्ता बोलाइने

प्रधानमान्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका राजदूतहरुलाई फिर्ता बोलाउने बताएका छन् ।
सरकार गठन भएको १ वर्ष पुगेको उपलक्ष्यमा जनताका नाउँमा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । पहिलो बर्षको कार्यकालबाट आफू उत्साहित नभएको बताउँदै सबै तिर नतिजामुखी कामको अपेक्षा आफूले गरेको बताए ।
उनले भने ‘ म सबै आर्थिक र कुटनीतिक नियोगहरूलाई लगानी र पर्यटनमा परिणाममुखी परिचालनका लागि प्रतिबद्ध छु। कार्यक्षमता कमजोर भएका राजदूत र नियोग प्रमुखहरू फिर्ता बोलाइनेछन्।’