न्यूयोर्क एयरपोर्टमा डायपरमा लुकाएको अवस्थामा गोली बरामद

पेन्सिल्भेनिया । विश्वभर तस्करीका नयाँ घटनाहरु दिनदिनै सार्वजनिक भइरहेका छन् । धेरै पटक सुरक्षा निकायलाई मुर्ख बनाउन मानिसले विभिन्न उपायहरु अपनाइरहेका हुन्छन् । पछिल्लो घटना अमेरिकाको न्यूयोर्क शहरमा सार्वजनिक भएको छ । बच्चाको डायपरमा लुकाएर १७ वटा गोली बोकेको अवस्थामा न्यूयोर्क विमानस्थलमा एक व्यक्ति पक्राउ परेका छन् ।
एबीसी न्यूजको रिपोर्टका अनुसार यो घटना न्यूयोर्कको लागार्डिया एयरपोर्टको हो । सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षाकर्मीले एक व्यक्तिलाई रोकेका थिए । खोजी गर्ने क्रममा सुरक्षाकर्मीले गोलीसहित उनलाई नियन्त्रणमा लिएका थिए ।
सुरक्षा जाँचका क्रममा एक्स–रे मेसिनमा डायपरका कारण अलार्म बज्नु अचम्मको विषय रहेको विमानस्थल सुरक्षा अधिकारीहरुले बताएका छन् । यसमा केही शंकास्पद देखिएपछि युवकको झोलामा भेटिएको बालकको डायपर जाँचिएको थियो । सुरक्षाकर्मीले बच्चाको डायपर भित्र लुकाइएका १७ वटा गोली बरामद गरेका छन् ।
झोलाबाट गोली बरामद भएको थियो, उनी शिकागो उड्दै थिए । उनी अर्कान्सासका बासिन्दा हुन् । झोलाबाट गोली बरामद भएपछि पनि अभियुक्तले आफ्नो मान्न तयार देखिएनन् । उनले झोलामा गोली भरिएको डायपर कसरी आयो भन्ने थाहा नभएको विमानस्थल सुरक्षाकर्मीलाई बताएका थिए । तर, केही समयपछि उनले आफ्नी प्रेमिकाले त्यहीँ राखेको बताए । त्यसपछि प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको थियो ।