जोगिए पंकज

मकवानपुर । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङको वर्खास्तको माग गरिएको प्रस्ताव विशेष साधारणसभाबाट अस्वीकृत भएको छ । बागमति प्रदेशको राजधानी हेटौंडामा विहीबार भएको साधारणसभामा मतदानबाट यो प्रस्तावको टुंगो लगाउँदा अध्यक्ष नेम्वाङले आफ्नो पक्षमा मत पाएका हुन् ।
यो सँगै अध्यक्ष नेम्वाङको पद जोगिएको छ । मतदानमा ५३ मत खसेकोमा बर्खास्तीको विपक्षीमा ५२ मत परेको थियो भने १ मत बदर भएको थियो । तर, विशेष साधारणसभामा भएको मतदानको प्रक्रियामा ८६ प्रतिनिधि उपस्थित भए पनि ३४ जनाले मतदान नै गरेनन् ।
गत वर्षको असार ६ गते निर्वाचित एन्फा अध्यक्ष नेम्वाङले डेढ वर्ष नपुग्दै अविश्वासको प्रस्तावको सामना गर्नुपरेको थियो ।
भदौ २५ गते एन्फाका ४९ सदस्य संस्थाले अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै एन्फामा प्रस्ताव पेश गरेका थिए ।