राष्ट्रपतिद्वारा घाइतेहरूकाे उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह

काठमाडौ । राष्ट्रपति रामचन्द्र पाैडेलले स्वास्थमन्त्री माेहनबहादुर बस्नेतसंग भूकम्पबाट भएका घाइतेहरूकाे शिघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बांकी नराख्न आग्रह गरेका छन् ।
बुधबार राष्ट्रपति भवन शीतलनिवासमा मन्त्री बस्नेतसँग उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूकाे अवस्था,उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि साे आग्रह गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपति पाैडेलले उपचार प्रक्रियालाई सहज,सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बाँकी नराख्न आग्रह गरेका थिए । साे अवसरमा उनले अस्पतालहरूकाे स्तरवृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीकाे व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राखेका थिए । जाडोयामसँगै देखापर्ने विभिन्न राेगकाे उपचारका लागि पनि बेलैमा आावश्यक तयारी गर्न पनि उनले आग्रह गरे ।