एनआरएनए पेन्सिल्भेनिया च्याप्टरको शुभ कामना साँझ सम्पन्न

पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरले नेपालीहरूको महान् चाड दसै-तिहार, नेपाल सम्मत र छठको शुभ कामना आदान प्रदान गर्न शुभ कामना साँझको आयोजना गरेको छ।
पेन्सिल्भेनियाको मोन्टगोमेरी काउन्टीमा शुक्रवार आयोजित शुभ कामना साँझमा ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति समेत रहेको थियो।
लोक गायिका बिमा कुमारी दुराले आफ्ना सदाबहार गीत गाएकी थिइन। यस्तै सोलो गायिका शशिकला मोक्तानले पनि प्रस्तुति दिएका थिए।
यस्तै हास्य कलाकार तथा जादुगर महादेव त्रिपाठीले पनि दर्शकलाई मनोरञ्जन गराएका थिए।
सांस्कृतिक कार्यक्रम अगाडि एनआरएनए अमेरिका क्षेत्रका डिआरसी सञ्जीव श्रेष्ठले पानसमा बत्ती बालेर शुभ कामना साँझको उद्घाटन गरेका थिए।
यस्तै विभिन्न व्यक्तिहरूले नेपाली चाड दसै तिहार, नेपाल सम्मत र छठको शुभ कामना दिएका थिए।
कार्यक्रममा प्रस्तुति दिने गायिकाहरु, कलाकार तथा प्रायोजकहरूलाई सम्मान पनि गरिएको थियो।
यसै बिच एनआरएनए पेन्सिल्भेनिया च्याप्टरका अध्यक्ष जयन्द्र लामाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
‘यहाँहरूको सहभागिता हौसला साथ र सहयोगको लागी कृतज्ञ छौ । आगामी दिनमा पनि यहाँहरूको माया , साथ र सहयोगको लागी अपेक्षा।’ सामाजिक सञ्जाल मार्फत आभार व्यक्त गर्दै लामाले लेखेका छन्।
कार्यक्रमका तस्बीरहरु