राष्ट्र संघका महासचिव गुटेरेस नेपाल आइपुगे
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइ पुगेका छन् ।
आफनो चार दिने भ्रमणका लागि उनी आइतबार राती १ः०० बजे नेपाल आइपुगेका हुन् ।
नेपालको चार दिने औपचारिक भ्रमणका लागि गए राती आइपुगेका उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा नेपाल आएका उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतसँग शान्ति प्रक्रिया र जलबायु परिवर्तनका बारेमा छलफल गर्नेछन् । उनले आज अपरान्ह १ः१५ बजे पछि प्रधानमन्त्री प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भेटबार्ता गर्नेछन् ।
नेपाल आईपुगेका महासचिव गुटेरेसले आफनो भ्रमणको पहिलो दिनमा नै अर्थात आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शितल निवासस्थित राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सिंहदरबारमा भेटबार्ता गर्नेछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्ला–बेग्लै शिष्टाचार भेट गर्नेछन्।
यसैबिच, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसले शिष्टचार भेटबार्ता गर्नेछन् । भ्रमणको क्रममा महासचिव गुटेरेस स्याङबुचे जानेछन् भने पोखरासहित अन्नपुर्ण पदमार्ग पुग्ने र लुम्बिनीमा शान्ति ध्यान गर्ने कार्यक्रम रहेको छ ।















