इजिप्टमा भयानक सडक दुर्घटना ३२ जनाको मृत्यु
काइरो । इजिप्टको एक राजमार्गमा धेरै कारहरू एकआपसमा ठोक्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको बताइएको छ। अधिकारीहरूले शनिबार यो जानकारी दिए ।
काइरो र भूमध्यसागरीय सहर अलेक्जान्ड्रिया जोड्ने राजमार्गमा शनिबार बिहान (स्थानीय समय) दुर्घटना भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ। विभिन्न सवारीसाधन एकपछि अर्को ठोक्किँदा ३२ जनाको मृत्यु भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार बिहान बाक्लो कुहिरो लागेको थियो । पार्किङमा राखिएको गाडीलाई बसले ठक्कर दिँदा दुर्घटना भएको हो । त्यसपछि अन्य सवारीसाधन बससँग ठोक्किएका थिए । घाइतेहरुलाई एम्बुलेन्सबाट अस्पताल लगिएको छ ।










