राप्रपा अध्यक्ष लिङ्देनको अमेरिका भ्रमण पानसको अधिवेशन देखि भुटानी हिन्दु संगठनको कार्यक्रम सम्म

पेन्सिल्भेनिया/ प्रवासी नेपाली एकता समाज (पानस) को अधिवेशनको उद्घाटनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन अमेरिका आउने भएका छन्।
पानसको अधिवेशन अक्टोबर २९ तारिख आइतबार टेक्ससमा हुँदै छ। राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य एवं पानस अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रेमकुमार श्रेष्ठका अनुसार अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ।
पानस राप्रपा निकट सङ्गठन हो। पानसको अधिवेशन बाहेक दुई साता लामो अमेरिका बसाइँको क्रममा अध्यक्ष लिङ्देनले अन्य कार्यक्रममा पनि सहभागिता जनाउने छन्।
लिङ्देनले केन्टकी, ओहायो, वासिंगटन डिसी, न्यु योर्क र बाल्टिमोरमा हुने कार्यक्रममा सहभागिता जनाउने छन्।
पूर्वउपप्रधानमन्त्री समेत रहेका लिङ्देनले अमेरिकामा रहेका नेपाली भाषी भुटानी हिन्दु संगठनको कार्यक्रममा पनि सहभागिता जनाउने छन्।
पानसको अधिवेशन र राप्रपा अध्यक्ष लिङ्देनको अमेरिका भ्रमणबारेमा समाज टाइम्स संवाद
