यु-१९ क्रिकेटमा साउदी अरबलाई तीन सय एक रनले हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौँ । मलेसियामा जारी एसीसी यु१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको साउदी अरबविरुद्धको खेलमा तीन सय एक रनको विशाल जित निकालेको नेपालले समूह चरणमा तीन वटै खेलमा सहजसहित सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
ब्याटिङमा ओपनर अर्जुन कुमालले १४२ रनको कीर्तिमानी इनिङ खेले भने बलिङमा दीपेश कँडेलले फेरि एक पटक ५ विकेटको सफलता पाए ।
नेपालले टस हारेर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ३४७ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा साउदी अरब ४६ बलमै अलआउट भयो ।












