एनआरएनको अध्यक्षमा बद्री केसीको उम्मेदवारी दर्ता [आज दर्ता गर्नेको सूचीसहित]

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा उम्मेदवारहरुले मनोनयन दर्ता गराउने प्रक्रिया सोमबारसम्म जारी रहेने भएको छ । अनलाइनमार्फत दर्ता गर्ने काम आइतबार सकिए पनि भौतिकरुपमा सोमबार नेपाली समय अनुसार दिउँसो १ बजेभित्र उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन समितिका सदस्य चिरञ्जीवि ढकालले जानकारी दिए ।
१२ तारिखबाट सुरु भएको उम्मेदवारी दर्तामा अहिलेसम्म ७० जना बढीले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि नै आरके शर्माले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए भने आज आइतबार कार्यकारी अध्यक्ष डा. बद्री केसीले एनआरएनको सचिवालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । आज केसीसहित महासचिवमा वर्तमान महासचिव गौरी जोशीले पनि उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । एनआरएनको चुनावमा केसी र जोशीको प्यानल रहेको छ ।
यसैगरी उपाध्यक्षतर्फ डा. केशव पौडेल र सुनील साह, नारायण आचार्यले पनि उम्मेदवारी दर्ता गरेका छन् । यी तीनै जना महेश श्रेष्ठको समूहमा रहेका छन् ।
आज उम्मेदवारी दर्ता गर्नेको सूची ।
डा. बद्री केसी (अध्यक्ष)
डा. केशव पौडेल (उपाध्यक्ष)
नारायण प्रसाद आचार्य (उपाध्यक्ष)
सुनील साह (उपाध्यक्ष)
गंगाधर गौतम (उपाध्यक्ष)
खगेन्द्र न्यौपाने (उपाध्यक्ष)
विजय मोक्तान (उपाध्यक्ष)
चिरञ्जीवि घिमिरे (उपाध्यक्ष)
जेदुनाथ पोखरेल (उपाध्यक्ष)
गौरीराज जोशी (महासचिव)
राजु अर्याल (युरोप उपसंयोजक)
अनिता गुरुङ (महिला संयोजक, एसिया प्यासेफिक)
रविन अधिकारी (युवा संयोजक)
रामजी पोखरेल (सचिव)
सुजन कुमार थापा (कोषाध्यक्ष)
प्रमोद सिटौला (उपमहासचिव)
डण्डपाणी कँडेल ‘डीपी’ (क्षेत्रीय संयोजक एसिया प्यासेफिक)
कमल राज पाठक (उपसंयोजक, ओसियाना)
प्रकाश भण्डारी (क्षेत्रीय संयोजक युरोप)
मोहम्मद मुक्तदा मुसलमान (सह–कोषाध्यक्ष)
रमेश श्रेष्ठ (क्षेत्रीय युवा उप संयोजक मध्यपूर्व)
प्रवीण गुरुङ (उप महासचिव)
बेदराज बस्नेत (क्षेत्रीय संयोजक अमेरिकाज)
भुवनकुमार सत्यास (क्षेत्रीय उप संयोजक एसिया प्यासेफिक)
सूर्य आचार्य (क्षेत्रीय युवा संयोजक ओसियाना)
कृष्ण प्रसाद तिमिल्सेना (सह कोषाध्यक्ष)
राजेन्द्र प्रसाद पुडासैनी (सचिव)
ठाकुर प्रसाद ढुंगाना (कोषाध्यक्ष)
अमृता थापा (महलिा सहकोषाध्यक्ष)
दीपक केसी (एसिया प्यासेफिक उप संयोजक)
डा. चिरञ्जीवि खड्का (क्षेत्रीय संयोजक युरोप)
अनुजा प्रधान (महिला संयोजक)
टंक प्रसाद गैरे (सचिव)
रोशन थापा (युवा उपाध्यक्ष)
सन्तोष कुमार भट्टराई (उपमहासचिव)
महेश अधिकारी (उप संयोजक युरोप)
अभिमन्यु बस्नेत (सह कोषाध्यक्ष)
प्रकाश सापकोटा (सचिव)
देवकी खत्री गुरुङ ‘देविका केसी’ (महिला संयोजक)
देवीदत्त खड्का (सह कोषाध्यक्ष)
विकास बस्नेत (क्षेत्रीय युवा संयोजक)
शंकर डाँगी (उप संयोजक युरोप)
दीपक प्रसाद कँडेल (एसिया प्यासेफिक उप संयोजक)
संजीव कुमार श्रेष्ठ (क्षेत्रीय उप संयोजक अमेरिका )
एनआरएनए निर्वाचनबाट अध्यक्षसहित ७४ जना पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । जसअनुसार महाधिवेशनबाट अध्यक्षसहित उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा उपाध्यक्ष १, महासचिव १, उपमहासचिव २, सचिव ६, महिला सचिव १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष ३, महिला सहकोषाध्यक्ष १ महिला संयोजक १ र युवा संयोजक १ जना निर्वाचित हुनेछन् ।
यसैगरी क्षेत्रीय संयोजक प्रत्येक क्षेत्रबाट १–१ जना गरी ६ जना, क्षेत्रीय उपसंयोजक १२ जना निर्वाचित हुनेछन् । जसमा अफ्रिका क्षेत्रबाट २ र अन्य क्षेत्रबाट ३ जनाका दरले निर्वाचित हुने विधानमा उल्लेख छ ।
यस्तै क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय महिला उपसंयोजक ६ जना, क्षेत्रीय युवा संयोजक ६ जना, क्षेत्रीय युवा उपसंयोजक पनि ६ जना निर्वाचित हुनेछ । संयोजक र उपसंयोजक उनीहरु सबै प्रत्येक क्षेत्रबाट १–१ जनागरी ६ जना निर्वाचित हुने भएका हुन् । यसैगरी दोस्रो पुस्ताका गैरआवासीय नेपाली संयोजक १ जना निर्वाचित हुने विधानमा व्यवस्था रहेको छ ।