शेखरको साहस
काठमाडौं । अहिलेको अवस्थामा नेपाली कांग्रेस एक्लै केही गर्न नसक्ने माओवादी र एकीकृत समाजवादीको वैशाखीको बलमा मात्रै हिँड्ने पार्टी भएको अवस्थामा लगातार क्रियाशील सदस्यता नविकरण गर्नेहरुको मन पनि कुँडिएको छ । तर, शभापतिमा शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएपछि नेपाली कांग्रेस अहिले चोकको मादल जस्तो भएको छ । जो आउने बजाएर हिँड्ने । १४ औं महाधिवेशनमा तपाईंले सभापतिका लागि डा शेखर कोइरालाले प्रयास गरे पनि कांग्रेसभित्रकै गुट उपगुटका कारण सफल हुन दिएनन् । त्यतिबेला अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल चुप बस्नु र दोस्रो चरणमा जाँदा प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै साथ दिँदा शेखर पराजित भएका थिए । महाधिवेशनमा ४० प्रतिशत मत पाएका उनको कहिल्यै कदर भएन । अझ सभापतिले गर्ने मनोनयनमा मनोमानि गर्दै गरे पछि शेखरको अवस्था पार्टीमा दयनीय जस्तै रहेको थियो । पार्टीका मुख्य बैठकमा कहिल्यै नबोलाइने भएकाले हरेक दिन शेखरलाई विशालनगरमा रहेको सम्पर्क कार्यालयमा सहजै उपलव्ध हुने गरेका थिए ।
शेखरले कोशीमा जसरी आफ्नो अडान स्पष्टसँग राखेर सत्तारुढ गठबन्धनका शीर्ष भनिएका नेताहरुले जे निर्णय गर्यो त्यही लागू हुन्छ भन्ने मान्यतालाई गतिलो झापड यतिबेला शेखरले दिएका छन् । त्यही कारणले त शेखरलाई मनाउनका लागि बालुवाटारमा बैठक बस्नु पर्यो भने सभापति देउवाले पनि पहिला निर्णय गरेर माओवादीको मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गर्दा टेर पुच्छर नलगाएका शेखर कोशीमा केदार कार्कीले विद्रोह गरेपछि तारन्तार फोन गरेर भेट्नु पर्ने अवस्था आयो ।
यसबीचमा संवैधानिक पदमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले फोन गरेर शेखरसँग वार्ता गर्दै गठबन्धन जोगाउन भूमिका खेल्नुस् भन्ने जुन आग्रह गरेको कुरा सञ्चारमाध्यममा आएको छ, एकदमै गलत भएको छ । रामचन्द्र पौडेल राष्ट्रपति भइसकेपछि उनले दलीय आवद्धता त्यागि सकेका छन् भने उनी सबैको संवैधानिक राष्ट्रपति भएर बस्ने आफ्नो दायरा विर्सिएको जस्तो भान भएको छ । अब राष्ट्रपतिले शेखरलाई टेलिफोन गरेको विषय एउटा दुर्घटना थियो भन्दै नविर्सिने र भोलिका दिनमा अन्य पार्टीहरुमा र गठबन्धनमा अप्ठेरो परिस्थीति बन्दा यस्तै काम गरे भने उनी पनि यसअघिकी राष्ट्रपति भन्दा कत्ति फरक हुने छैनन् ।
अहिलेको अवस्थामा नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापन इतरगुट छ । यो ध्रुव सत्य हो । तर, इतरपक्षमा रहेका महामान्त्री गगनकुमार थापाले पनि शेखरलाई साथ नदिएको र विगतमा शेखर आफै शेरबहादुरसँग मिल्न लागेको र त्यसका लागि उनलाई बरिष्ठ नेता बनाउनेसम्मको ललिपपमा फसेको अवस्था पनि देखिएको थियो । तर, विगतदेखि नै आफूलाई गठबन्धनको विपक्षमा राखेका शेखरले कोशीमा संविधान अनुसार एक जना माननीयले पनि सरकार बनाउनका लागि दावी पेश गर्न सक्ने अवस्था निर्माण भएपछि उनले एकै पटक गठबन्धनमा आवद्ध दलहरुलाई तारा देखाउन सफल भए । अहिलेको अवस्थामा नेपाली कांग्रेसको रुपान्तरणका लागि र माओवादीको वैशाखीबाट मुक्त हुनका लागि जुन कदम शेखरले चालेका छन् यो एकदमै सही कदमको रुपमा आम नेपाली कांग्रेसका कार्यकर्ताहरुले टिप्पणी गरेका छन् ।
‘कुनै हालतमा गठबन्धन कमजोर हुँन दिदैनौँ’
विगतमा शेरबहादुरले मैले जे भन्यो त्यही कांग्रेसको विधान र निर्णय लागू हुन्छ भन्ने कुरालाई एकदमै गतिलरी झापट मात्रै दिएका छैननकी, आउँदा दिनमा जवरजस्त नेताको रुपमा आफूलाई पनि स्थापित गरेका छन् । नेपाली कांग्रेस जीवन्त पार्टी हो । एक दुई वटा चुनाव हार्दैमा केही फरक पर्दैन । तर, जनताले माया गर्ने चुनाव चिन्ह रुख नै मतपत्रबाट हटाउने गरी गठबन्धन गर्नु आम कांग्रेसी कार्यकर्ताका लागि घातको विषय थियो । अब १ महिनाभित्र कार्कीले विश्वासको मत लिँदासम्म कोशीमा कति पानी बग्छ त्यो हेर्न बाँकी नै ।
कांग्रेसका केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त
तर, अहिले फेरि कार्की नै गठबन्धनको मुख्यमन्त्री हुन् भनेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रचारवाजी सुरु गरेका छन् यसको ललिपपमा कम्तिमा शेखर र उनको समूह फस्नुहुँदैन । आगामी दिनमा पनि स्पष्ट अडान राख्दै नेपाली कांग्रेसमा सभापति देउवालाई सुधार्नका शेखरले गर्नु पर्ने काम भने धेरै नै बाँकी छन् । बालुवाटारमा शनिबार विहान गरेको हस्ताक्षरको चिर्कटोले भने संसय बढाएको छ । त्यो चिर्कटोमा तपाईंले हस्ताक्षर गरेर वर्तमान सत्तागठबन्धनको आयु बढाउनु मद्दत गर्नु भएको हो की केही दिन पर्ख र दशैं तिहार र छठपर्वपछि नयाँ राजनीतिक कोर्स अघि बढाउनका लागि शेरबहादुर र प्रचण्डको घण्टी बजाउनु भएको हो, यस विषयमा उनले आउँदा दिनमा आयोजना हुने सार्वजनिक कार्यक्रममा प्रष्ट पार्न भने जरुरी देखिन्छ ।















