सन्दीप लामिछानेले लिए नेपाली टिमबाट नाम फिर्ता

काठमाडौं । नेपाली क्रिकेट टीमका महत्वपुर्ण सदस्य सन्दीप लामिछानेले आसनन त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् ।
घरेलु मैदानमा हुने प्रतियोगिता आउन केहि समय बाँकी रहेका बेला सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएको बताएका छन् ।
उनले तत्कालका लागि आफु कुनै प्रतियोगिता खेल्न नसक्ने अवस्थामा रहेको पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘भारी मन पार्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको र अहिले जुन अवस्थाबाट आफु गुर्जिरहेको छु, त्यो जीवनको निकै कठिन र चुनौतीपुर्ण समय रहेको छ । मैले आफुलाई फेरी पुरानै अवस्थामा ल्याउन निकै आवश्यक रहेको र यो बेला परिवारलाई पनि समय दिनुपर्ने महसुस गरेको छु । अर्को भेट नभएसम्म सबैको आशीर्वाद र शुभकामनाका लागि आफु कृतज्ञता ब्यक्त गर्न चाहेको छु ।’
सर्वोच्चमा बिचाराधिन रहेको सन्दीपको मुद्दाको अन्तिम सुनुवाई बारम्बार सर्दै आएको छ ।
जसका कारण उनी मानसिक दबाबमा रहेको उनका कानुन व्यवसायीहरुले पनि बताउने गरेका छन् । नेपालले काठमाडौंमा युएइ र हङकङसँग त्रिकोणात्मक टी २० क्रिकेट सिरिज खेल्दै छ । त्यसपछि काठमाडौंमै आइसीसी टी २० विश्वकप क्रिकेटको एसिया क्वालीफायर हुने छ ।