इजरायल-हमास द्वन्द्वमा नौ अमेरिकी पनि मारिए, तीन दिनमा १३ सय बढीको ज्यान गयो
पेन्सिल्भेनिया/ इजरायल- हमास द्वन्द्मा नौ जना अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि भएको छ। सोही घटानमा दश जना नेपालीको पनि मृत्यु भएको थियो।
अमेरिकी संचार संस्था सीएनएनले गाजामा मृत्यु हुनेको संख्या ६ सय ८७ पुगेको छ जनाएको छ। सीएनएनले ३७ सय भन्दा बढी घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालय तथ्याङक भएको पनि उल्लेख गरेको छ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार गाजामा मृत्यु हुने मध्ये बालबालिकाको संख्या एक सय ४० पुगेको उल्लेख ।
मन्त्रालयले दावी गरेको छ कि इजरायली सेनाले एम्बुलेन्सहरूलाई निशाना बनाएको छ, जसमा ११ एम्बुलेन्स र एउटा स्वास्थ्य सेवा गाडी पूर्ण रूपमा नष्ट भएको छ।
स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा औषधि, चिकित्सा उपकरण र इन्धनको अभावलाई पूरा गर्न विश्वव्यापी र मानवीय संस्थाहरूसँग सम्पर्क र सहकार्य जारी राखेको जनाएको छ।
इजरायलले सोमबार गाजा पट्टीमा हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार बिहानबाट आक्रमण गरेको थियो। त्यसको प्रतिक्रिया इजरायलले जारी राखेको हो।
इजरायली मन्त्रीहरूले पहिले नै अवरुद्ध र गरिब गाजा पट्टीको “पूर्ण घेराबन्दी” गर्ने आदेश दिएका छन् । जसका कारण करिब २० लाख बासिन्दाहरूलाई खाना, पानी र बिजुलीको आपूर्ति बन्द भएको जनाइएको छ।
हमासको आक्रमण इजरायलले ५० वर्षमा अनुभव गरेको सबैभन्दा घातक आक्रमण भएको सीएनबीसीले लेखेको छ।
सीएनबीसीले गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ६ सय ८७ प्यालेस्टाइनी मारिएपछि हमासले अपरेसन अल अक्सा फ्लडलाई बोलाएकोमा सात सय भन्दा बढी इजरायलीहरू मारिएको उल्लेख गरेको छ।
‘विदेशी नागरिकसहित मृत्यु हुनेको कुल संख्या एक हजार ३ सय नाघेको छ ।’ सीएनबीसीले लेखेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देश युद्धमा छ भनी घोषणा गरेका छन्। उनले एक सय भन्दा बढी इजरायली नागरिक, सैनिक र विदेशी नागरिकलाई हमासले बन्धक बनाएको उल्लेख गरेका छन्।
इजरायलले बन्धकहरूलाई उद्धार गर्न काम गरिरहेको र करिब ४८ घण्टाको युद्धपछि गाजा बाहिरका क्षेत्रहरू पुनः नियन्त्रणमा लिएको बताएको छ।
इजरायल डिफेन्स फोर्सले गाजामा हवाई आक्रमणमा एक हजार भन्दा बढी दुश्मन लक्ष्यहरू प्रहार गरेको बताएको छ।
हमास इरानद्वारा समर्थित एक आतंकवादी समूह हो र यसले गाजा पट्टीमा सन् २००७ देखि शासन गर्दै आएको छ। गाजा, जमिनको सानो पट्टी जुन लगभग एक सय ४० वर्ग माइल भित्र दुई मिलियन प्यालेस्टाइनीहरूको घर छ ।
पृथ्वीको सबैभन्दा सघन जनसंख्या भएको क्षेत्रहरू मध्ये एक हो। सन् २००७ देखि इजरायली भूमि, हवाई र समुद्री नाकाबन्दी अन्तर्गत राखिएको छ।
सीएनएन र सीएनबीसीको सहयोगमा













