अनलाइनमा २४ करोड बढीको सट्टेबाजी गर्ने युवक पक्राउ

Pakrau_Samaj_times
84

काठमाडौं । अनलाइनमार्फत् २४ करोड बढी रुपैयाँको सट्टेबाजी गराउने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो।

उनले कानुन विपरीत अनलाइनमार्फत् २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको सट्टेबाजी गराएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। 

साहलले इन्टरनेटको दुरुपयोग गरी वानएक्स बट, मेलबेट, रुपी बेठ, स्काई चेन्ज, बेलीज बेट, खेल विनलगायत वेवसाइटमार्फत् सट्टेबाजी गराई विभिन्न बैंक खातामार्फत् पैसा असुल गर्ने गरेको प्रहरीको भनाइ छ। 



उनलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने  कसुरमा आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए।  



Support Nepali Journalism

Author