संसदमा गगन थापाको आक्रोश [भिडिओ]

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले आममाफी दिएर अपराधीलाई रिहा गर्दा ठूलो आर्थिक चलखेल हुने गरेको दावी गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा थापाले आममाफी दिने क्रममा केहीलाई कानूनी छिद्र खोजेर पनि उन्मुक्ति दिएको र गम्भीर अपराधमा दोषी ठहर भएकालाई कैद मिनाहा गरिएको उनको तर्क थियो ।
कानून छिद्रमा टेकेर हुने यस्ता घटनालाइ रोक्न कानूनलाई आवश्कता अनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिँदै सरकारसँग गुन्डा नाइके रिगललाई आममाफी दिएको विषयमा जवाफ माग गरेका थिए ।