के १४ औँ संशोधन ले रोक्ला ट्रम्पलाई दोस्रो कार्यकाल को लागी उम्मेदवार बन्न ?
पेन्सिल्भेनिया/सन् २०२४ नजिकिँदै गर्दा अमेरिकाको ४७ औँ राष्ट्रपति को बन्ला भन्ने चासो विश्व भरी नै रहेको छ । त्यसो त सत्तारुढ पार्टी डेमोक्रयाट्स बाट बहालवाला राष्ट्रपति वाइडेन नै दोहोरिने प्राय निश्चित देखिन्छ ।
अर्को तर्फ, प्रतिपक्ष दल रिपब्लिकन पार्टीबाट आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवार को बन्ला भन्ने विषय भने निकै रोचक मोडमा छ । एवीसी न्युजको पछिल्लो सर्वेक्षण (सेप्टेम्बर १९, २०२३) अनुसार डोनाल्ड ट्रम्प ५५ दशमलव एक अंकका साथ पहिलोमा छन् ।
डीसान्टिस् र रामाश्वामी क्रमशः ११ दशमलव ४ र ७ दशमलव ९ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन् । अन्य कुरा यथावत् रहेमा आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनको उम्मेदवार पुन ट्रम्प नै बन्ने सम्भावना सबै भन्दा अधिक छ । हुन त ट्रम्प अहिले पनि चार वटा संधिय मुद्दा खेपी रहेका छन् ।
सन् २०२१ को जनावरी ६ मा क्यापिटल हिलमा भएको आक्रमण र त्यस आक्रमणको पूर्व सन्ध्या र आक्रमण पश्चात् तत्कालीन राष्ट्रपति ट्रम्पले गरेको टिप्पणीका कारण उक्त आक्रमणको दोष ट्रम्प माथि लाग्दै आएको छ ।
उक्त आक्रमण ट्रम्पकै निर्देशनमा भएको प्रमाणित भएमा अमेरिकाको संविधानको १४ औँ संम्सोधन को बुँदा ३ अनुसार ट्रम्प आगामी निर्वाचनमा उम्मेदावर बन्न अयोग्य हुनेछन्।
१४ औँ संशोधनको बुँदा ३ मा “कुनै पनि सरकारी ओहोदाको लागी शपथ खाई पदासीन व्यक्तिले राज्य विरुद्धको विद्रोह तथा हिंसामा सहभागी भएमा त्यस्ता व्यक्ति पुन सार्वजनिक पदमा नियुक्तिका लागी योग्य नहुने” भन्ने भावको प्रस्ट प्रावधान छ ।
यसरी जनावरी ६ को क्यापिटल हिलमा भएको दङ्गा या हिंसामा ट्रम्पको संलग्नता पुष्टि भएको खण्डमा उनलाई संविधानको १४ औँ संशोधनले निर्वाचन मा पुन उम्मेदवार बन्न रोक्न सक्नेछ भन्ने तर्कको बहस अहिले जानकार बिच चल्न थालेको छ ।
यस विषय संविधानविद् र जानकारहरू पक्ष र विपक्ष मत राख्दै आएका छन् । केही अमेरिकी विश्वविद्यालयहरूमा समेत यस विषयमा बहस सुरु भइसकेको छ । यो विषय पनि अव छिट्टै अदालत सम्म पुग्ने अनुमान गर्न सकिन्छ ।