चेक रिपब्लिक पठाउने भन्दै ४० लाख ठगी गर्ने २ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाइदिने भन्दै ५० जनाबाट ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह–४ का अमृत कार्की र अशोक कार्की रहेका छन् । काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।
यसैगरी वैदेशिक रोजगारका लागि मलेसिया पठाइदिने प्रलोभन दिएर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले डोटीको शिखर नगरपालिका घर भइ हाल काठमाडौंको सेतो पुल बस्ने धनबहादुर बोगटीलाई पक्राउ गरेको हो ।
उनी कृष्णबहादुर बोगटीलाई प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने भन्दै तीन लाख रुपैयाँ लिएर फरार भएका थिए ।