एनआरएनएले नागरिकता पाउने नियमावली राजपत्रमा प्रकाशित

काठमाडौं । नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ । बिहीबार नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको हो ।
सेप्टेम्बर १५ तारिखमा बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्वीकृत गरेको थियो । राजपत्रमा नियमावली प्रकाशित भएकाले गैर आवासीय नेपालीहरूले नागरिकता लिने प्रक्रिया सुरु हुने छ ।
तत्कालीन राष्ट्रपति विद्या भण्डारीले अलपत्र पारेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण नगरेर अलपत्र अवस्थामा रहेको विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए ।
त्यसपछि सर्वोच्च अदालतमा मुद्दा पनि परेको थियो । सर्वोच्चले पनि विधेयक कार्यान्वयनका लागि बाटो खुला गरेपछि अहिले सोही ऐन अनुसार नागरिकता वितरण भइरहेको छ । तर, एनआरएनएहरूको नियमावली नबन्दा कार्यान्वयनमा आएको थिएन । अब नियमावली सार्वजनिक भएकाले एनआरएनएहरूले नागरिकता पाउने छन् ।