तयार भयो एनआरएन नागरिकताको नमुना
पेन्सिल्भेनिया,अमेरिका/ नेपालको संविधानले व्यवस्था गरेको गैर आवासीय नेपालीलाई दिइने एनआरएन नागरिकता नमुना (अनुसूची) तयार भएको छ।
मन्त्रीपरिषदद्वारा पारित अनुसूची राजपत्रमा प्रकाशित हुन भने बाँकी छ। त्यस पछि यो पूर्णरुपमा कार्यान्वयनमा आउने छ।
दक्षिण एसियाली मुलुक बाहेक देशमा बसेका र सो देशको नागरिकता लिइसकेका नेपाली र उनका तीन पुस्ता सम्मका सन्तानले एनआरएन नागरिकता पाउने छन्।
एनआरएन नागरिकलाई नेपालको चुनावमा भोट दिन, उम्मेदवार हुन र सरकारी रोजगारीमा जान भने पाइने छैन।
एनआरएन नागरिकता लिन सुरुमा यस्तो फारम भर्नु पर्ने छ। गैर आवासीय नेपालीले नागरिकता लिन नेपाली नागरिकता जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष वा बसोबास गरिरहेको मुलुकको दूतावास या महावाणिज्य दूतावासमा निवेदन दिन सक्ने छन्।
निवेदन दिइसकेपछि निवेदकका आफन्त, आफन्त नभए चिनेको व्यक्तिले,प्रमुख जिल्ला अधिकारी वा उनले तोकेका अधिकृतसमक्ष उपस्थित भएर सनाखत गर्नुपर्ने छ।
हेर्नुहोस गैरआवासीय नेपाली नागरिकता लिदाको कार्यविधी
गैरआवासीय नेपाली नागरिकता प्रमाण पत्र यस्तो निवेदन दिनु पर्छ।
फारम सँगै यस्तो सिफारिस पनि चाहिने छ।
गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्रको नमुना
नेपाली नागरिकता लिन चाहने गैर आवासीय नेपालीले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने