कांग्रेसमा थप आठ केन्द्रीय सदस्य मनोनीत,शेखर समूहबाट चन्द्र भण्डारी सहित दुई जना मात्र

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार थप आठ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्।
सभापति देउवाले मनोनीत गरेका केन्द्रीय सदस्य मध्ये चन्द्र भण्डारी पनि छन्।
भण्डारी महाधिवेशनमा उपसभापति उम्मेदवार भई पूर्णबहादुर खड्कासँग पराजित भएका थिए । यस अगाडि पराजित पदाधिकारीलाई केन्द्रीय सदस्य मनोनीत गर्दा भण्डारी छुटेका थिए।
भण्डारी बाहेक मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईँ, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
मनोनीत आठ मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेल मात्र छन् ।
केन्द्रीय सदस्यमा मनोनीत मानबहादुर विश्वकर्मा जीवन परियारसँग सहमहामन्त्रीमा पराजित भएका थिए ।