नेम्वाङको निधनले स्तब्ध बनाएको छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको खबरले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।
मंगलबार बिहानै उनले ट्वीटमार्फत् नेम्वाङको निधनले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका हुन् ।
पौडेलले ट्वीटमा लेखेका छन् ‘संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध बनाएको छ ।’
उनले नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
ट्वीटमा थप लेखिएको छ ‘दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ।दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।
— President of Nepal (@OOP_Nepal) September 11, 2023















