अनिश्चित कालका लागि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौँ । राष्ट्रिय सभा बैठक अनिश्चित कालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।
आइतबार बिहान ११ः०१ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ सङ्घीय सांसदका महासचिव डा भरतराज गौतमले शुक्रवार जारी गरेको सूचनामा उल्लेख छ ।