वाइल्डलाइफ फोटोग्राफर अफ द इयर : भूतको अनुहार कि माछा ?

काठमाडौँ । यो तस्बिर हेर्दा के देख्नुहुन्छ ? तस्बिरमा महासागरबाट अचानक निस्केको ठुलो र दरलाग्दो अनुहार देखिएको छ ।
तर तपाईँले साँच्चै के हेर्दै हुनुहुन्छ, त्यो एउटा ‘स्टारगेजर माछा’ हो, जुन भूमध्य सागरको बलौटे भुईँमा देखिएको छ ।
यो तस्बिर इटालीका पियट्रो फोर्मिसले खिचेका हुन् र यो वर्षको ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’मा धेरैले प्रशंसा गरेका थिए ।
फोर्मिसका अनुसार सामान्यतया यस्तो तस्बिर प्रतिस्पर्धाका लागि खिचिँदैन । उनले यो तस्बिर प्रतिस्पर्धाका लागि किन पठाए भने उनलाई यो धेरै मन पर्यो । तर कुनै प्रशंसा पाउने आशा गरिएको थिएन ।
‘म धेरै खुसी छु, त्यो समारोह आउने दिनहरू गन्दै छु । मलाई लाग्छ, मेरो सबैभन्दा महत्त्वपूर्ण समय देख्दै छु, म साथीहरूलाई भन्नेछु, उनीहरू मेरा नायक हुन् र फोटोग्राफीको शीर्ष स्थानमा रहन्छन् । म धेरै खुसी छु र यसलाई वर्णन गर्न सक्दिन ।’
‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर’ प्रतियोगिताको समग्र विजेताहरूको घोषणा आगामी अक्टोबर १० मा हुने पुरस्कार समारोहमा गरिनेछ । प्रतियोगितामा वर्षभर प्रवेश गरेका हजारौँबाट छनोट गरिएका १०० तस्बिरहरू आगामी अक्टोबर १३, शुक्रवार प्राकृतिक इतिहास सङ्ग्रहालयमा प्रदर्शनी गरिनेछ र त्यसपछि विश्वभर लगिनेछ ।
‘एट्लान्टिक स्टारगेजर’ माछा, जसको ल्याटिन नाम ‘युरानेस्कोषमा स्क्वाबर’ हो किनभने तिनीहरूका आँखा माथितिर टाँसिएको हुन्छ । तिनीहरू पनि सिकारीहरू हुन् । सिकार समात्न तिनीहरू आँखा र मुख मात्रा देखिने गरी बालुवा मुनि लुकेर बस्छन् । जुन फोर्मिसको फोटोमा देख्न सकिन्छ ।
फोर्मिसले भने, ‘यो भूडू मास्क वा मानव अनुहार जस्तो देखिन्छ र ती प्रजातिहरू जुन मलाई धेरै मन पर्छ, ठुला आँखा र मुख भएका ती प्रजातिहरूको अनुहार मानवको जस्तै देखिन्छ । यो सुन्दर जनावर हो ।’
फ्ल्यासमा केन्द्रित प्रकाश, ढिलो सटर स्पिड प्रयोग गरेर नीलो पानीमा ‘स्टार गजर’को तस्बिर लिन सफल भएको वर्णय गर्दै फोर्मिसले भने । ‘मेरो लागि यो झरना जस्तै हो, त्यसपछि तपाईँ पछाडिबाट यो डरलाग्दो अनुहार देख्नुहुन्छ । मैले केही फरक तस्बिरहरू लिएँ, तर मलाई यो मन पर्छ,’ उनले भने ।
फोर्मिसका बुबा फोटोग्राफर हुन् । बुबाले उनलाई डाइभिङमा लगेर गए । त्यसपछि उनको जीवन परिवर्तन भयो । त्यसपछि पानी मुनिको फोटोग्राफीमा फार्मिस लगभग पागल बन्न पुगे । उनले भने, ‘पानीमा जानु र सुन्दरताको तस्बिर लिनुलाई म विशेषाधिकार प्राप्त गरे जस्तै महसुस गर्छु ।’