यस वर्ष रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा एकैदिन

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले रक्षा बन्धन, जनै पूर्णिमा र गाईजात्रा पर्व अगस्त ३१ तारिख भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ ।
समितिले बिहीबार विज्ञप्ति जारी गर्दै यस वर्ष तिथि घटबढका कारण दुई दिनपर्ने पर्व एकै दिन पर्न गएको जनाएको हो ।
बिहीबार सूर्य उदयकालमा पूर्णिमा रहेका कारण सोही दिन जनै पूर्णिमा र रक्षा बन्धन मनाउन समेत समितिले आग्रह गरेको छ । समितिका अनुसार बुधवार ११ः२८ घडी अर्थात् १०ः१७ बजेपछि चतुर्दशी सकिएर पूर्णिमा तिथि लाग्ने पञ्चाङ्गमा उल्लेख छ ।
बिहीबार ५ः१८ घडी मात्रै पूर्णिमा रहेको जनाएको छ । सोही कारण काठमाडौँ उपत्यकामै कतिपय समुदायले बुधवार नै रक्षा बन्धन गर्ने तयारी गरेका छन्। उदय पूर्णिमा १ घडी मात्र भए पनि त्यही दिन यो पर्व मनाइएको समितिले जनाएको छ ।