सांसद केसी र सापकोटा निजीकरण समितिको सदस्यमा मनोनीत

काठमाडौँ । सरकारले सांसद द्वय राजेन्द्र कुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ ।
मङ्गलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले काँग्रेस सांसद केसी र माओवादी सांसद सापकोटालाई समिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्,‘अर्थ मन्त्रालयको प्रस्तावमा सांसद राजेन्द्र कुमार केसी र माधव सापकोलाई निजीकरण समितिको सदस्य मनोनीत गर्ने निर्णय भएको छ ।’
साथै परराष्ट्र मन्त्रालयको प्रस्तावमा नेपाल र फिलिपिन्सबिच कूटनैतिक तथा सरकारी राहदानी वाहकलाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय पनि भएको उनले जानकारी दिइन् ।
नेपाल प्रशासन सेवा समुहीकरणतर्फ दिनेश कुमार घिमिरेलाई विशिष्ट श्रेणिमा बढुवा गर्ने पनि सरकारले निर्णय गरेको छ ।