शाहीको प्रश्न ललिता जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुलाई किन पक्राउ गरिएन ?
|
Getting your Trinity Audio player ready...
|
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर शाहीले ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरुको नाममा पास भएको भन्दै सीआईबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले देशमा ठूला नेतालाई कानून नै नलाग्ने र जनतालाई चाँहि गल्ती नगरेपनि कान समाएर जेल हाल्ने काम भएको बताए । उनले यसको विरुद्ध सदनमा आवाज उठाउने मात्र नभई सडकमा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
उनले भने,यो देशमा कानून दुईवटा बनाउँनुपर्छ । ठूला नेतालाई कानून नै नलाग्ने कानूनको हिरासतमा नजाने जनतालाई चाँहि गल्ती नरेपनि कान समाएर जेल हाल्ने यो कानून तपाईले लेख्नुभयो भने सही हुन्छ । नत्र सदनमा आवाज होइन् आन्दोलन हुन्छ । पूर्व प्रधानमन्त्रीलाई सीआर्एबीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान किन नगरेको यस्को जवाफ दिनुपर्छ । ’
सांसद शाहीले ११३ रोपनी ललिता निवासको जग्गा पूर्वप्रधानमन्त्रीहरुको नाममा जग्गा पास गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेर अहिले केहि व्यवसायीलाई दुःख दिन कै लागि पक्राउ गरिएको दावी पनि गरे ।








