महिला क्रिकेटमा नेपाल र हङकङ भिड्दै

काठमाडौं । मलेसियामा आजदेखि सुरु हुन लागको चार देशीय महिला टी–२० क्रिकेट सिरिजमा नेपालले आज हङकङसँग खेल्दै छ ।
हङकङलाई पराजित गर्दै नेपाल सिरिजमा सुदख सुरुआत गर्ने योजनामा छ ।
नेपाल र हङकङबीचको खेल बायुमास ओभलमा हुँदैछ । खेल नेपाली समय अनुसार विहान पौने १२ बजे सुरुहुने छ ।
अगष्ट ३१ देखि मलेसियामै हुने आईसीसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारी स्वरुप चारदेशीय टी–२० सिरिज खेल्न लागिएको हो ।