एनआरएनएमा पैसा लिएर भोट हाल्नेको सात पुस्तालाई पिर्छ, दिनेको पनि पनि सत्यानाश हुन्छ: रवीना थापा
|
Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया,अमेरिका / गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (आइसीसी)की अध्यक्ष रवीना थापाले पैसा लिएर भोट हाल्नेको सात पुस्तालाई पिर्ने बताएकी छिन्।
थापाले आगामी कार्यकालका लागि पनि अध्यक्षको उम्मेदवारी घोषणा गरी सकेकी छिन्। उनले आफू एक्लै भए पनि बलियो उम्मेदवार भएको बताइन। उनले टिम नबनाउने घोषणा गरिन्।
समाज टाइम्स सम्वादमा सोमबार उनले पैसा दिनेको पनि सत्यानाश हुने दाबी गरिन्।
‘कसैले पैसा लिएको छ भने आज त १५ सय बचाउला तर उसको सात पुस्तालाई पिर्छ।’ थापाले भनिन्,’एनआरएनएमा पैसा लिएर भोट हाल्छ भने त्यसको सात पुस्तालाई खान बस्न हुँदैन, यो कुरा सबैले बुझ्नु पर्छ।’
विदेशमा भएका नेपाली सबै धनी भएको पनि थापाको भनाई छ। ‘सम्पूर्ण सम्पन्न छन्, कसैलाई त्यस्तो देखाउने गरेको छ। त्यसको पनि सत्य नास हुन्छ।’ उनले भनिन्।
रवीना थापा सँगको समाज टाइम्स सम्वाद












