एनआरएनए संस्थापन पक्ष फेल भयो: गौरी जोशी (भिडियो)

Getting your Trinity Audio player ready...
|
पेन्सिल्भेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए)का महासचिव गौरी जोशीले संस्थापन पक्ष तीन ठाउँमा टुक्रिएको र फेल भएको बताएका छन्।
समाज टाइम्स सम्वादमा उनले अध्यक्षमा दावी गरिरहेकाहरु फेल भए पनि आफु फेल नहुने बताए।
‘एक वर्ष देखि नै हामीले भन्दै आएका छौ महेश जी बन्द्री जी आरके जी हामी भनेको एउटै पृष्ठभूमिबाट संस्थापन पक्षबाट आएका हौ, हामी तीन ठाउँमा टुक्रिएका छौ।, जोशीले भने, ‘मेरो इच्छा के हो भने महेश र बद्री सँगै बसेर आरकेजी पनि सँगै बसेर यस पटक चुनाव नगरी जाऊँ भन्ने मेरो इच्छा थियो।’
जोशीले अध्यक्षमा दाबी गरेकाहरू आफू फेल भए पनि आफू फेल नहुने दाबी गरे।
‘संस्थापन पक्षका तीन वटै साथीहरू फेल हुनु भएको छ। उहाँ फेल हुनु भयो भनेर हामी पनि फेल हुने कुरा आउँदैन हामी क्रमबद्ध अगाडि बढेका छौँ। संस्था उहाँहरू नभए पनि चल्छ भनेर हामीले तयारी गरेका छौ।’
गौरी जोशी सँगको समाज टाइम्स सम्वाद