‘सर्वोच्चले पूर्व प्रधानमन्त्रीमाथि छानबिन गर भनेको छैन्’
केन्द्रीय कमिटीका एजेण्डा तय

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले, सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्नु भनेर नभनेको तर्क गरेका छन् ।
केन्द्रिय कार्यालयमा शनिबार सचिवालय बैठकपछि सञ्चारकर्मीसंग उनले आवश्यक पर्नेहरु माथि छानबिन गर्न भनेको उनको दाबी छ ।
उनले भने ‘पूर्व प्रधानमन्त्रीहरुमाथि छानबिन गर्नु भनेर सर्वोच्चले तोकेर भनेको मलाई थाहा छैन ।
छानबिन गर्न आवश्यक पर्ने कसैलाई पनि नछोड्नु भन्ने आशयमा उसले आफ्नो आदेश दिए जस्तो लाग्छ ।छानबिन गर्न आवश्यक पर्नेहरुलाई उसले (सिआइबी) ले बोलाउँछ र आवश्यक नपर्नेहरुलाई बोलाउँदैन । त्यसकारण यो मेरो जानकारीको विषय होइन,जसले छानबिन गरेको छ, अनुसधान गर्ने अधिकारीको जानकारीको विषय हो ।’
आजको सचिवालय बैठकले भदौ ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटीका एजेण्डा तय गरेको र महत्वपूर्ण निर्णय ७ गते सार्वजनिक गर्ने निर्णय भएको बताए ।