यो सरकारलाई बिदा गर्नुको विकल्प छैन् : सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल शर्माले, वर्तमान सरकारलाई आतंककारीको संज्ञा दिएका छन् । पार्टी संसदीय दलको बैठकपछि संचारकर्मीसंग उनले यो सरकारलाई बिदा गर्नु पर्ने र शेरबहादुर देउवा नेतृत्वमा सरकार बन्नु पर्ने बताए । उनले यो सरकारलाई आतंककारीको संज्ञा दिए ।
उनले भने ‘म जुन हिसाबमा पक्राउ परे म आतंककारी सरकार भन्छु यो सरकारलाई, म सरकारमा भएको महशुस भएको छैन् । यो सरकारले जसरी मलाई विना पक्राउ पूर्जी पक्राउ गर्यो, मैले झगडा गरेपछि मात्रै जारी गरियो, त्यसमा थुनामा राख्ने पूर्जी भोली पल्ट मात्रै जारी गरियो यो आफैमा गैर कानूनी हो ।’ उनले भने ‘यो आतंककारी सरकारलाई सकेसम्म चाडो विदा गर्नुपर्छ ।’
उनले, आफूले उठाएको विषय सबैको साझा विषय भएको भन्दै अब गृहमन्त्रीको राजीनामा नआएसम्म आफूले विरोध जारी राख्ने उनको भनाई छ । ‘मैले राजीनामाको माग नगरेको भए म त्यस्तोमा पर्ने थिएन्, पूर्वाग्रही भएको छ । अझै नयाँ नयाँ केशहरु पनि आउँन सक्छ ।
गृहमन्त्रीको राजीनामा नआउँनु जेल यो मेरो बटम लाईन हो, यो पूरा नभएसम्म मैले बोल्न पाएन भने विरोध गर्छु । मैले उठाएको विषय मेरो मात्रै होईन, विस्तारै सबैको साझा विषय बन्छ । मलाई लागेर जेलमा राख्ने तर अरुलाई अझसम्म किन कारवाही भएको छैन् भन्ने कुरा उठिरहेको छ ।’