राष्ट्रिय आप्रवासी नीति बन्दैछ : मन्त्री भण्डारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले सरकारले राष्ट्रिय आप्रवासी नीति बनाउन लागेको जानकारी दिएका छन्।
रिटर्नी माईग्रेंट नेपालको छैठौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सरकार न्यासनल माईग्रेंसन पोलिसी बनाउँनतर्फ अगाडि बढेको र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताए ।
उनले पार्टी भनेको नै मन्त्रालय र विचार भनेको श्रमिकहरुको कल्याण भएको भन्दै आफू मन्त्रालयमा कार्यरत हुदाँसम्म श्रमिकहरुको लागि काम गर्ने बताए ।
उनले भने, ‘सरकार न्यासनल माईग्रेंसन पोलिसी बनाउँनेतर्फ अगाडि बढेको छ । त्यो नीतिले मात्रै यो सबै समस्यालाई सम्बोधन गर्न सकिन्छ । वैदेशिक रोजगारका बढेको ठगिको कारण त्यसलाई व्यवस्थित गर्नको लागि त्यो पैसा बैङ्क मार्फत हुन्छ । मानिसले मिटर व्याज भएर पैसा उठाउनु पर्दैन् । म जुन जिम्मेवारी लिएर बसेको छु, मेरो पार्टी भनेको नै मेरो मन्त्रालय हो । र मेरो विचार भनेको श्रमिकहरुको कल्याण हो । म तपाईहरुसँग सहकार्य गर्ने प्रतिवद्धता गर्दै यो आप्रवासी नीतिमा तपाईको सहयोगको अपेक्षा गरेको छु ।’
यस्तै, उनले बाहिरबाट आएका मान्छेको सिपको प्रमाणिकरणको लागि १० करोड रकम छुट्याएर कार्यक्रमको सुरुवात गरेको पनि बताए ।
उनले भने, वैदेशीक रोजगार बोर्डबाट सुरुवातमा १० करोड रुपैयाँ छुट्याएका छौ । विदेशबाट फर्किएर आएका मान्छेहरुको लागि उनिहरुले लिएर आएको सीपलाई अन्तिम रुप दिएर सर्टिफाइ गर्ने, त्यसको लागि पैसा छुट्याएको छौ, जति पैसा चाहिन्छ दिन्छौ । बाहिरबाट आएका मान्छेलाई सिपको प्रमाणिकरण होस भनेर’ उनले आर्थिक उन्नतिको लागि स्थिर राजनीतिक आवश्यक भएको पनि वर्तमान अवस्थामा यो सम्भव नभएको भन्दै जतिसुकै नारा लगाएर पनि स्वदेशमा नै रोजगारीको व्यवस्था गर्ने कुरा धोका भएको बताए ।
यसको साथै मुलुकको एउटा क्षेत्रलाई मात्रै होईन सम्पूर्ण सामाजिक, राजनीतिक, सांस्कृतिक, परिवेशहरुलाई स्थानमा राख्ने हो भने मात्रै समस्याको समाधान हुने पनि उनको भनाई छ ।



















