मेसीको आगमन सँगै अमेरिकी सकर (फुटबल)मा देखिएका परिवर्तन
अमेरिकी महादेशमा फुटबल सर्वाधिक लोकप्रिय खेल मानिएता पनि संयुक्त राज्य अमेरिका (यूएसए) मा भने फुटबल भन्नाले अमेरिकन फुटबल बुझिन्छ । विश्व प्रख्यात फुटबल युएसए मा सकरले चिनिन्छ । अधिकांश अमेरिकीहरूको चासो सकर मा छैन । अझै भन्नु पर्दा फुटबलको दुनियाँमा के भई रहेको छ । अधिकांश लाई चासो नै थिएन । तर, पछिल्लो एक महिना देखि भने अव सकर पनि फुटबलको नामले चिनिन थालेको छ ।
यसको कारण अरू कोही नभएर विश्व फुटबलका सर्व कालिन महान् मध्येका एक खेलाडी लियोनेल आन्ड्रेस मेसी हुन । झट्ट सुन्दा महान् फुटबलर मेसी व्यावसायिक फुटबल खेल्न संयुक्त राज्य अमेरिका आएका छन् भन्दा अझै पनि कतिपय फुटवल बुझेका र मेसीको खेल हेरेका ले विश्वास गर्नु सकेका छैनन्। तर यथार्थ यही हो । हो गत जुलाई को दोस्रो हप्ता तिर आधिकारी रूपमा अमेरिकी क्लब इन्टर मायामी मा साढे दुई सजिनका लागी उनले सम्झौतामा हस्ताक्षर गरे सगैं उनी अव अमेरिकी सकर सँग आबद्ध भए ।
युरोपियन फुटबल छाडेर किन रोजे मेसीले अमेरिकी सकर?
मेसीले केही समय पहिले एउटा अन्तर्वार्तामा सोधिएको “तपाईको इच्छा के छ ?” भन्ने प्रश्नमा भनेका थिए । “म आम मानिस सरह अबको जीवन जिउन चाहन्छु । जहाँ भिडले मलाई बेवास्ता गरोस् ।” कति पयले मेसी पारिवारिक जिम्मेवारी बहन गर्न र सामान्य जीवन यापन गर्न फ्लोरिडा आएको आएको मान्दछन् । मेसीले २०१९ मा मायामीको पोर्सा डिजाइन टावरमा फ्ल्याट खरिद गरे सँगै उनले रिटार्यड जीवन फ्लोरिडामा बिताउने लख धेरैले काटेका थिए । त्यही क्रममा मेजर लिग सकरमा केही वर्ष खेल्ने अनुमान गरिएको थियो ।
मेसीले २०२१ मा बार्सिलोना छाडेर फ्रान्सेली टिम पीएसजीमा अनुबन्ध भए यता फुटबलमा त्यति रमाउन सकेका थिएनन् । युरोपियन च्याम्पियन लिगमा २०२१ र २०२२ को दुवै सिजनमा पीएसजीले खराब प्रदर्शन गरे यता मुख्यतया पीएसजीका अल्टा सर्मथकहरु हरेक खेलमा उनी विरुद्ध हुल हुज्जत गर्दथे । यसर्थ पनि एक साल अनुबन्ध थप गर्ने प्रावधान रहेको भएता पनि मेसीले पीएसजी सँग सिजन २०२३ का लागी सम्झौता गरेनन् । यो सँगै उनले २०२३ को सिजन कहाँ बाट खेल्छन् भन्ने चर्चा थियो ।
यसै क्रममा साउदी लिगको अल हिलाल क्लबले दुई वर्षको लागि करिब १ दशमलव २ बिलियन डलरको अफर मेसीलाई गरेको थियो । तर मेसीले सो अफर स्वीकार गरेनन् । यसै क्रममा युरोपका प्रतिष्ठित अरू क्लबबाट पनि उनलाई अफर आए ।
मेसीको इच्छा भने पुन स्पेनिस जायन्ट बार्सिलोना फर्कने थियो । चरम आर्थिक संकटबाट गुज्रिएको बार्सिलोना मेसीलाई अनुबन्धन गर्न पुन तयार थियो । कारण मेसीको पूर्नआगमनले बर्सिलोना पुन आर्थिक रूपमा तंङ्ग्रीने विश्वास गरिएको थियो भने बार्सिलोना फुटबल क्लबका समर्थक पुन मेसीको खेल हेर्न लालायित थिए । तर यो आर्थिक पारदर्शिता र सीमाका कारण सम्भव रहेन । त्यसका लागी बर्सिलोनाले धेरै खेलाडीको तलब कटौती गर्नु पर्ने तथा केही खेलाडीलाई बिक्री गर्नु पर्ने अवस्था आयो ।
मेसीले चाहेनन् खेलाडीको तलब कटौती र बहिर्गमन
बार्सिलोना खेलाडीको तलब समायोजन, कटौती, तथा बिक्रीको लागी पनि तयार देखियो । तर मेसीले आफ्नो कारण कुनै पनि खेलाडी भविष्य माथि कैचि चलाउन नहुने जिकिर गरे ।
उनले एक अन्तर्वार्ता भने “म युरोपमा बार्सिलोन क्लब भन्दा अन्य क्लबबाट खेल्न चाहन्न । तर वर्तमानको बार्सिलोनामा त्यो सम्भव रहेन । मेरो कारण कुनै पनि खेलाडीको भविष्य तलमाथि भएको म हेर्न चाहन्न।” यो अवस्थामा मेसीले आफू पुन बार्सिलोना नफर्को निर्णय लिएका थिए ।
अझै पनि बार्सिलोनाका वर्तमान अध्यक्ष जोन लार्पोता मेसीलाई बार्सिलोनाको जर्सीमा देख्न चाहन्छन् । उनले पछिल्लो पटक अध्यक्षमा निर्वाचन हुँदै गर्दा आफू निर्वाचित भए मेसीलाई क्लबमा राख्ने नारा बनाएका थिए । यसै कारण उनी निर्वाचित पनि भए । अहिले उनलाई झूट बोलेको आरोप पनि विपक्षी खेमा लगाउँदै आएका छन् ।
बाह्र सय मिलियन डलरको पारिश्रमिक त्यागेर कि आए एक सय पचास मिलियन डलरमा मायामी
मेसीले अन्तर्वार्ता भनेका थिए “विश्व फुटबलमा प्राप्त गर्नु पर्ने कुनै पनि सफलता अव बाँकी रहेन । अव को जीवन म मेरो परिवार लाई दिन चाहन्छु । फ्रान्सको दुई वर्षे बसाई मलाई र मेरो परिवारलाई साह्रै पिडादायी रह्यो । अव म र मेरो परिवार हाम्रो निजी जीवनमा आनन्दले रमाउन चहान्छौं।” यस क्रममा उनले उनका तीन छोराहरूको भविष्यको लागि साउथ फ्लोरिडा रोजेका हुन् । यसमा उनले साउदीबाट आएको भीमकाय रकमको अफर पनि त्यागेका छन् ।
दुई वर्षको करिब १ दशमलव २ बिलियन डलरको अफर साउदी मै छाडेर उनी करिब उति नै अवधिका लागी करिब १ सय ६० मिलियन डलरका लागि मायामी रोजे । यसमा बेलायती फुटबल लिजेण्ड तथा मायामी क्लबका सह-मालिक डेभिड बेक्यामको ठुलो भूमिका छ । त्यसो त, इन्टर मायामी क्लबले गरेको सेवा निवृत्त पछिका सुविधा, एप्पल कम्पनीसँगको सम्झौता, तथा एडिडास सँगको मेसीको सम्झौता ले पनि उनलाई साउथ फ्लोरिडा तर्फ डोर्यायो ।
मेसीको आगमन सँगै फेरियो इन्टर मायामीको दृश्य
अमेरिकी सकर लिग ‘मेजर लिग सकर’ मा जम्मा २९ वटा टिमहरू छन् । यी दुई टिमलाई पूर्वीय सम्मेलन र पश्चिमी सम्मेलन गरी दुई भागमा विभाजन गरेर खेलाइन्छ । पूर्वीय सम्मेलनमा हाल १५ वटा टिम छन् भने पश्चिमीमा १४ बटा । मेसीको इन्टर मायामी पूर्वीय सम्मेलन छ ।
रोचक कुरा त यो छ कि यो टिम पुछार मा अर्थात् १५ स्थानमा छ । लिगमा हाल सम्म खेलिएको २२ खेल मध्ये केवल ५ खेला मायामीले जित हासिल गरेको छ । मेसीले डेब्यु गर्नु पूर्व खेलिएका १३ खेलमा इन्टर मायामीले केवल २ खेलमा मात्र जित हासिल गरेको थियो ।
मेसीले डेब्यु गरे यता भने मायामीले खेलेको सबै ४ खेल जितेको छ।
अमेरिकी भूमिमा चल्यो मेसीको जादु
मेसीले लिग कपको पहिलो खेलमा इन्टर मायामीका लागी डेब्यु गरेका थिए । मेसी मेक्सिकन टिम क्रुज अजुल विरुदको खेलमा ५४औँ मिनेटमा मैदानमा उत्रेका थिए ।
इन्जुरी टाइममा १-१ बराबरीमा रहेको खेल पेनाल्टी सुट आउट तर्फ अग्रसर हुँदै गर्दा ९४ औँ मिनेटमा डी एरिया बाहिर पाएको फ्री किक लाई गोल गर्दै मेसीले टिमलाई जित दिलाएका थिए । यो हेर्दै गर्दा टिभी कमेन्टेटरले हिलउडको डाँडोमा लेखिएको स्क्रिप्ट जस्तो खेल भनेका थिए । त्यस पछि को एटलान्टा युनाइटेड विरुद्धको खेलमा मेसीको २ गोलको सहयताले एटलान्टा युनाइटेडलाई ४-० को फराकिलो अन्तर पराजित गर्दै अन्तिम ३२ मा मायामीलाई पुर्याए ।
अन्तिम १६ को स्थानको लागी भएको डर्वि भिडन्तमा पनि मेसीको २ गोलकै सहायताले र्ओल्याण्डो लाई ३-१ ले पराजित गरी अन्तिम १६ मा मायामी पुग्यो ।
क्वाटर फाइनल प्रवेशका लागी भएको निकै रोचक भिडन्तमा पेनाल्टी सुट आउटमा डालस लाई उसको गृह मैदानमा ५-४ ले पराजित गरी मायमीले क्वाटर फाइनलमा स्थान पक्का गरेको छ । यहाँ पनि पनि मेसीले टिमका लागी २ गोल गरेका थिए । ३-४ पछि परेको मायामी अन्तिम तिर मेसीको सुन्दर फ्री किक मार्फत ४-४ को बराबरी गर्न सफल भएको थियो । यो फ्री किक पश्चात् टिभी कमेण्टेटर भन्दै थिए “इट्स नट ए भिडियो गेम ।” मेसीले खेलेका सबै चार खेलमै म्यान अफ दी म्याच को खिताब पनि जितेका छन् ।
कता जाला त अमेरिकी सकर अव
मेसीको आगमन सँगै अमेरिकाको सकर अव फुटबलमा परिवर्तन हुने लयमा पुगेको छ । पहिलो पटक मेसी फ्लोरिडाको एउटा ग्रोसरी स्टोरमा परिवार सँग खाद्यान्न खरिद गर्न जाँदा उनी जनता तथा समर्थक बाट घेरिएनन् । सायद फुटबल हेर्ने ले चिने, सकर नबुझ्नेले उनलाई चिनेनन् । जसको भिडियो फुटेज पनि सामाजिक सञ्जालमा निकै भाइरल पनि भो । कतिले मेसीले चाहे जस्तो स्वतन्त्रता अव फ्लोरिडामा पाउने भए भने त कतिले यसको मिम पनि गरे । तर क्रुज अजुल पछिको खेल पश्चात् यो दृश्य फेरियो ।
उनी एउटा स्टोरबाट निस्कँदै गर्दा बार्सिलोनाको झझल्को दिने गरी समर्थक बाट उनी र उनको परिवार घेरिन पुगेको अर्को भिडियो भाइरल भो । मेसीले खेल्ने खेलको टिकट १ लाख १० हजार डलर सम्म विकेका समाचारहरू विश्व प्रख्यात मिडियामा आए।
त्यसो त इन्टर मायामीले र्ओल्याण्डो लाई हराउँदै अन्तिम १६ को खेल डालस सँग खेल्ने तय भएको १० मिनेट भित्र नै टोयोटा स्टेडियम डालसका सबै टिकट व्रिकी भएको समाचार आए । मेसीको जर्सी सबै भन्दा धेरै विकेका, एप्पल टिभीको स्ट्र्रिमिग बढेको तथा अमेरिकी खेलकुद क्लबका इन्टाग्रामा सबै भन्दा धेरै फलोअर इन्टर मायामीको भएको तथ्य हरू दिन प्रति दिन आइ रहेको छ । यी सबै हेर्दा अमेरिकन हरू बिच अव सकर होइन फुटबलकै चर्चा हुने आङ्कलन गर्न सकिन्छ ।
फोटो : एमएलएसको ट्वीटरबाट