गणतन्त्र ल्याए पनि जनतालाई साथ दिन नसकेको बाबुराम भट्टराईको स्वीकारोक्ति

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गणतन्त्र ल्याएपनि जनतालाई साथ दिन नसकेको स्वीकार गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित भू–राजनीतिले नेपालमा पार्ने प्रभाव नयाँ पुस्ताको आगामी कार्यभार विषयक नयाँ पुस्ताको खुल्ला बहस कार्यक्रम डा. भट्टराईले देश बलियो नबने गणतन्त्र, राष्ट्रियता केही पनि नरहने बताए ।
उनले भने ‘ लोकतन्त्र गणतन्त्र त ल्याईयो तर जनतालाई साथ दिन सकिएन हिमाल पहाड तराईका मानिसलाई जोड्ने काम भएन, मुख्य रुपमा आर्थिक विकास र समृद्धिले सबै नयाँ पस्तालाई यहाँ एउटा सपना पूरा गर्न सकिन्छ भन्ने देखाउँन सकिएन भने देश बलियो रहँदैन यसले न गणतन्त्र रहन्छ न राष्ट्रियता रहन्छ । ’
डाक्टर भट्टराईले देश छोडेर विदेश जाने यूवाहरुको लहर एकदमै डरलाग्दो रहेको बताए । यस्तो बेला राजनीतिको प्रश्न गम्भीर भएर आउँछ जस्तो लागेको पनि उनको अनुमान छ ।