माओवादी केन्द्रिय कार्यसमिति बैठक : पहिलो दिन पाँचवटा एजेण्डामा छलफल

काठमाडौं । काठमाडौंमा सुरु भएको माओवादी केन्द्रिय कार्यसमिति बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।
पहिलो दिनको बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।
आजको बैठकमा विभिन्न पाँच एजेण्डामा छलफल भएको र १८ जनाले धारणा राखेको प्रवक्ता महराले बताए ।
‘पाँच वटा एजेण्डामा भयो । पहिलो एजेण्डा अध्यक्षले अध्यक्षता गर्नुभयो त्यसपछि श्रदान्जली सुरु भयो ।
त्यसपछि महासचिवले एजेण्डा प्रस्तुत गर्नुभयो त्यो पास भयो र अध्यक्षले संक्षीप्तमा प्रतिवेदन पेस गर्नुभयो त्योसँगै केही विद्यान संशोधन गर्नपर्ने भयो ।’
उनले भने ‘केन्द्रिय कमिटिमा समावेशी अनुरुपको केन्द्रिय कमिटि बनाउँन र केही छ्ट्न गएकोमा पेस भएको प्रतिवेदनमा छलफल सुरु भयो । छलफलमा आज १८ जना कमरेडले बोल्नुभयो । बाँकी भोली सुरु हुन्छ ।’