अमेरिकाबाट गरे रविना र गौरीले दोहोरिने घोषणा
|
Getting your Trinity Audio player ready...
|
अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनएको आईसीसी अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन् । १८ महिना अघि कार्यकालमा विवाद मिलाउन भन्दै ३ जना अध्यक्ष बन्दा रविना पनि अध्यक्ष बनेकी थिइन् ।
सुरुमा कुल आचार्य अध्यक्ष भएका थिए भने त्यसपछि रविनाले नेतृत्व लिएकी थिइन् । रविनाले अहिलेका अध्यक्ष बद्री केसीलाई पद हस्तान्तरण गरेकी थिइन् । अघिल्लो कार्यकालमा ६ महिनामात्रै अध्यक्ष भएकी रविनाले अब अक्टुबरमा हुन लागेको सम्मेलनमा आफूले २ वर्षे पूरा कार्यकालका लाग अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।
एनआरएनए अमेरिकाको पदभार ग्रहण समारोहमा उपस्थित भएकी रविनाले आफूले सुरु गरेको योजनाहरु पूरा गर्नका लागि पनि आफूले अध्यक्षमा आउन चाहेको बताइन् । उनले भनिन् ‘मलाई फेरि अध्यक्ष बन्ने इच्छा छ, आज मैले मेरो कुरा यहाँ राखे, औपचारिकरुपमा केही दिनमै उम्मेदवारी घोषणा गर्छु, तपाईंहरुले सहयोग गर्नुहोला ।’
यसैगरी वर्तमान महासचिव गौरी जोशीले पनि आफूले पुनः महासचिव पदमा उम्मेदवारी घोषणा गर्ने बताएका छन् । अमेरिकामै बस्ने डा. केशब पौडेलले अध्यक्षको उम्मेदवारी दिने बताइइ रहेका बेला उनले भने मुख खोलेका छैनन्
। उनी अहिले ‘पर्ख र हेर’ को अवस्थामा रहेको बुझिएको छ । आसन्न सम्मेलनले नयाँ नेतृत्व चयन गर्दा अहिले देखि नै आधा दर्जन बढी अध्यक्षका उम्मेदवार बन्न सम्भावना बढ्दै गएको छ । अहिलेसम्म डा. केशव पौडेल, महेश श्रेष्ठ, वर्तमान अध्यक्ष वद्री केसी, रविना थापा, आरके शर्मा लगाएत चर्चामा छन् ।








