१२ वर्षदेखि अलपत्र त्रियुगा पुल निर्माण एक वर्षमा सक्न मन्त्री ज्वालाको निर्देशन

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले, वर्षाैदेखि अलपत्र परेको त्रियुगा नदीमाथीको पुल एक बर्षभित्र निर्माण सक्न निर्देशन सक्न निर्देशन दिएका छन् ।
आइतबार निर्माण ब्यवसायीहरुसंगको छलफलमा उनले, अलपत्र त्रियुगा नदीमाथीको पुल एक बर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण ब्यवसायीलाई निर्देशन दिएका हुन् ।
‘निर्माण कार्य थालिएको १२ बर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य हो । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण ब्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण कार्य एक बर्षभित्र सिध्याउनुपर्दछ । दिर्घ रोगी योजनामाथि एक्सन थालिसकेका छौ, कमला र जब्दीघाटको काम शुरु भइसकेको छ, त्रियुगाको एक वर्षभित्र सक्नु पर्छ ।’
अलपत्र पुलका बिषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो ।
सांसदसहितको टोलीलाई मन्त्री, कार्यबहाक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकाल, नीजि सचिव रामहरि शर्मासहितको छलफलमा निर्माण कम्पनीले एक बर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।
तीन बर्षभित्र काम सक्नेगरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले २०७६ सालमा काम थालेको थियो । तीन बर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ बर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भई हस्तान्तरण नगरिदै २०७८ सालमा पुलका तीन स्पान र दुई पिलर भत्केका थिए ।