सत्तारुढ दलकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको मागे सदनमै राजिनामा, नदिए …

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करीका मुख्य नाइकेलाई नसमाते संसद भित्र आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
बुधबार संसद वैठकमा बोल्दै सांसद शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले थाहा छैन भन्ने नैतिक अधिकार गुमाएको पनि बताए ।
उनले भने ‘ गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते प्रधानमन्त्रीको आगमनपछि सदनभित्रै आमरण अनसन बस्छु । सुन प्रकरणको विषयमा यो देशको अर्थमन्त्रीले गृहमन्त्रीले ती चिजहरु थाहा छैन कसरी भए भनेर भन्ने नैतिक अधिकार उहाँहरुले गुमाईसक्नु भएको छ । ’
सांसद शर्माले संसदमा प्रजातान्त्रिक अभ्यासको मान्यताको सम्मान गर्न पनि आग्रह गरे उनले भने ‘ डेमोक्रेटिक सिस्टममा तपाईहरु बोल्दा हामी चुप लाग्छौ, हामीलाई पनि बोल्न चाही दिनुपर्यो । यो मेरो रिक्वेष्ट हो । मैले तपाईहरु बोल्दा कहिले पनि डिस्टर्ब गरेको छैन् । हामी प्रजातन्त्रलाई मान्ने अनि हामी उठिसके पछि उहाँहरु संगसंगै उठ्न मिल्दैन् । ’